Home चितवन विशेष नगरसभाको अबसरमा माडीमा उत्कृष्ट कर्मचारी सम्मानित

नगरसभाको अबसरमा माडीमा उत्कृष्ट कर्मचारी सम्मानित

0

चितवन , असार २२ – चितवनको माडी नगरपालिकाको पाँचौं नगरसभा समापन कार्यक्रममा एकजना स्वास्थ्यकर्मीसहित तीनजना कर्मचारीहरुलाई सम्मान गरिएको छ । नगरपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा उनिहरु लाइ सम्मान गरेको हो । सम्मानित हुनेहरुमा टिका तिवारी, राजेन्द्र अधिकारी र राधादेवी अधिकारी रहेका छ्न । टिका तिवारी बघौंडा अस्पतालमा सिनियर अ.न.मी. छैठौं तहकी स्वास्थ्यकर्मी हुनु भने राजेन्द्र अधिकारी नगरपालिकाको प्राविधिक शाखा अन्तरगत खानेपानी तथा सरसफाई विभागमा र राधादेवी अधिकारी वडा नम्बर ७ को वडा सचिव हुन । उनिहरुलाई उत्कृष्ट कर्मचारीका रुपमा नगद पुरस्कार र सम्मानपत्र सहित सम्मान गरिएको माडीकाले जनाएको छ ।