होमपेजचितवन विशेषचितवनमा भरतपुरका थप एक जनामा कोरोना संक्रमण देखियो

चितवनमा भरतपुरका थप एक जनामा कोरोना संक्रमण देखियो

चितवन , असार २१- चितवनकाेे भरतपुर स्थित भरतपुर अस्पताल कोभिड -१९ परिक्षण प्रयोगशालामा आइतबार आज थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वार्ड नम्बर १० का ३० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ती पुरुषको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । संक्रमित पुरुष असार दोस्रो साता दुवईबाट चितवन आइ होम क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराएका थिए ।

ताजा समाचार