होमपेजताजा समाचारआइतबार थप २९३ जनामा कोरोना संक्रमण , निको हुनेको संख्या ६ हजार...

आइतबार थप २९३ जनामा कोरोना संक्रमण , निको हुनेको संख्या ६ हजार ५ सय बढी

काठमाण्डौ , असार २१ – नेपालमा आज आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गरिएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार पाँच सय ४७ पुगेको जानकारी दिएका छ्न ।उनका अनुसार प्रदेश १ मा आज सम्म ६ सय ९४ ,प्रदेश २ मा ४ हजार १ सय ६० , बागम्ती प्रदेसमा ५ सय ६३ ,गण्डकी प्रदेशमा ११ सय ४२,प्रदेश ५ मा ३ हजार ९ सय ६८ ,कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइएको छ ।

ताजा समाचार