होमपेजताजा समाचारबाग्लुङमा मृत्यु भएका युबकमा कोरोना पोजेटिभ

बाग्लुङमा मृत्यु भएका युबकमा कोरोना पोजेटिभ

चितवन , असार २१ – बागलुङको ढोरपाटन नगरपालिका क्वारेन्टाइनमा आज मृत्यु भएका युबकको कोरोना परिक्षण पोजेटिभ आएको छ । बाग्लुङका निसीखोला गाउँपालिकाका २ का २९ बर्षका युवकको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले बताए । आज मृत्यु भएका उनी केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेका थिए। मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि नेपाल फर्किएको बुझिएको डाक्टर मल्लले जानकारी दिए ।उनी भारतबाट केहि दिन अगाडी उनका परिवारका ५ जना फर्किएको र स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको छ । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

ताजा समाचार