होमपेजUncategorizedदुई अध्यक्षको बालुबाटारमा निर्णायक बार्ता हुदै , अरु नेता पनि सहभागी

दुई अध्यक्षको बालुबाटारमा निर्णायक बार्ता हुदै , अरु नेता पनि सहभागी

काठमाडौँ, असार २१ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा वार्ता शुरु भएको छ । भोलि बिहान सोमबार ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएकाले दुई अध्यक्षबीचको आजको वार्तालाई महत्त्वकासाथ हेरिएको छ ।दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोज्ने प्रयासस्वरुप मध्यान्ह १२ः३० मा शुरु भएको वार्तामा थप दुई/दुईजना नेताहरू पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंका अनुसार अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शङ्कर पोखरेल वार्तामा हुनुहुन्छ ।
त्यस्तै, अर्का अध्यक्ष प्रचण्डको तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ वार्तामा हुनुहुन्छ । अध्यक्ष प्रचण्ड शीतल निवासबाट सीधै बालुवाटार आउनुभएपछि वार्ता शुरु भएको हो । दुई अध्यक्षबीच गत शुक्रबार करिब तीन घण्टा चलेको वार्ताले वातावरण सकारात्मक बनाएपछि आजको वार्ताबाट निकास निस्कने आशा नेताहरूले गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको वार्तामा सहमतिका विभिन्न ‘मोडल’बारे छलफल हुने अनुमान गरिएको छ । गत मङ्सिर ४ गते दुई अध्यक्षबीच भएको सहमति अनुसार सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीले यसअघि विकल्प दिइसक्नुभएको छ ।

– Gorkhapatra

ताजा समाचार