होमपेजताजा समाचारआज देशभर गुरुपुर्णिमा मनाइदै

आज देशभर गुरुपुर्णिमा मनाइदै

चितवन , असार २१ – आज देशभर गुरुपुर्णिामा मनाइदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँने गरिन्छ । यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती समेत  मनाउने गरिएको छ । पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ ।पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक दिन यसै उत्सवमा नागरिकका लागि खुला रहन्छ । यस पटक सामाजिक दूरी कायम गरेर दक्षिणामूर्तिमा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशीले बताए । आज  आर्यघाटमा रामनाथ अघोरीको प्रतिमामा अर्चना हुँदैछ । यसै दिन पशुपति मन्दिर परिसरमा रहेको कीर्तिमुख भैरवमा पञ्चवली पूजा समेतको तयारी रहेको पशुपति गुठी गोश्वाराका प्रकाश अधिकारीले जानकारी दिएका छ्न  ।

ताजा समाचार