होमपेजताजा समाचारकैलालीको बेलि जङ्गलमा दुई युबतीको लास भेटियो

कैलालीको बेलि जङ्गलमा दुई युबतीको लास भेटियो

धनगढी , असार २०– कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर ७ स्थित बेलीको जंगलमा दुई युवतीको शव भेटिएको छ । धनगढी ७ बेलि गाउका १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको हो ।उनिहरु दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको देखिएको प्ररम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनिहरुको शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी फेला परेको कैलाली प्रहरी प्रबक्ता प्रतिक विष्टले जानकारी दिए। दुवै शव लाई पोष्टमार्टमका लागि प्रार्देशिक अस्पताल धनगढी लगिएको छ । उनीहरु दुबै जना समलिंगी रहेको स्थानीयले जानकारी दिएका छ्न । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार