होमपेजताजा समाचारनेकपाको स्थायी कमिटी बैठक असार २२ सम्म स्थगित

नेकपाको स्थायी कमिटी बैठक असार २२ सम्म स्थगित

काठमाण्डौं , असार २० – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक भन्दा अगाडी शीर्ष नेताहरु बिच छलफल आबश्यक भएको भन्दै स्थायी कमिटीको बैठक स्थगित गरिएको हो । शुक्रबार दुई अध्यक्षबीच संवाद भए पनि निष्कर्षमा पुग्न नसकेको र निष्कर्षमा पुग्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल लगायतका नेताहरु दुई पक्षीय, त्रिपक्षीय छलफल गर्नुपर्ने देखिएपछि समय थप गरिएको बताईएको छ । नेकपा फुटको संघारमा पुगेपछि फुटलाई जोगाउनु पर्ने दवाव चौतर्फी रुपमा आएपछि नेताहरु जसरी पनि सहमतिमा पुग्नेपर्ने बाध्यतामा परेका छन् । जसका कारण उनीहरु स्थायी कमिटीको बैठक पर सारेर भए पनि सहमति खोज्नेतर्फ लागेको बताईएको छ । बैठक आज शनिबार ११ बजे बस्ने भनिए पनि असार २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

ताजा समाचार