गोरखा, असार २० – गोरखा बजारस्थित गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
ती पुरुषलाई शुक्रबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार राति नै उनलाई गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । ।
संक्रमित ती व्यक्तिमा सुगर र निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ । कतारबाट फर्किएर असार १७ गतेबाट पालुङटारको जीवनज्योति क्वारेन्टाइनमा बसेका ति पुरुषको असार १८ गते स्वाब नमुना संकलन गरी परीक्षणको लागि पठाइएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
-newsvitto