Home ताजा समाचार बझाङमा पहिरो : २० जनाभन्दा वढी पुरिएर वेपत्ता भएको आशंका

बझाङमा पहिरो : २० जनाभन्दा वढी पुरिएर वेपत्ता भएको आशंका

0
Photo File

चितवन, असार २० – बझाङको केदार स्यू गाउँपालिका–८ मेल्लेखमा शुक्रबार राती गएको पहिरोका कारण १७ घर पहिरोमा पुरिएर २० जना वेपत्ता भएका छन् । गाउँपालिकाका उपाध्यक्ष निशा धामीले १७ घर पुरिएर कम्तिमा २० जना वेपत्ता भएको खबर आएको जानकारी दिईन् ।

विहानै ११ जना वेपत्ता भएको खबर आएकोमा अहिले यो संख्या थपिएको उनको भनाई छ । उनले पहिरोमा पुरिएर घाइते भएकाहरुको उद्धारका लागि हेलिकोप्टर मगाउन पहल भइरहेको बताए । एक सुरक्षाकर्मीहरुको टोली अगाडी गईसकेको र वाँकी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित आफुहरु घटनास्थलतिर लागिरहेको उपाध्यक्ष धामीले बताईन् ।

‘घटनास्थलसम्म पुग्न कम्तिमा ४ घण्टा लाग्छ’ उपाध्यक्ष धामीले भनिन्—‘स्वास्थयकर्मी, सुरक्षाकर्मी सहित गाउँपालिकाको टोली त्यसतर्फ लागिरहेका छौं । स्थानीयहरुसँग पनि सम्पर्क गर्दै अगाडी वढिरहेका छौं । वाटो खराब र पानी परिरहेकोले त्यहाँ पुग्न अझै धेरै समय लाग्छ । रातीको समयमा सवै जना घर भित्रै भएका कारण क्षति बढी भएको हुन सक्ने बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

-Kharabkunj