होमपेजचितवन विशेषभरतपुर परिक्षणमा चितवनका ६ र नबलपरासीका ७ जनामा कोरोना पुष्ठि

भरतपुर परिक्षणमा चितवनका ६ र नबलपरासीका ७ जनामा कोरोना पुष्ठि

चितवन , असार १९ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका विभिन्न स्थानका ६ जना लाई कोरोना संक्रमण भएको भेटिएको छ । प्रयोगशालामा ल्याइएको २१५ वटा नमुना मध्ये भरतपुर महानगर भित्रका ६ जनामा कोरोना पुष्ठि भएको हो । उनिहरु भरतपुर महानगरपालिका वाड नम्बर २७,६,६,१६,३ र ८ र उमेर समूह  ३५ , ३१ , ३१ , २९ , ४३ र ४९ बर्षका रहेको बिज्ञप्तिमा जनाइएको छ । उनिहरु सबै क्वारेन्टाइनमा बसेका ब्याक्तिहरु रहेको जनाइएको छ ।

त्यसैगरी शुक्रबारकै परिक्षणमा पुर्बी नबलपरासीमा दुई जना महिला र ५ जना पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो । उनिहरु सबै देबचुली नगरपालिकाका स्थानिय रहेको जनाइएको छ ।

ताजा समाचार