होमपेजचितवन विशेषप्रचण्डको गृह जिल्लामा ओलिका समर्थकहरुको चर्को नाराबाजी

प्रचण्डको गृह जिल्लामा ओलिका समर्थकहरुको चर्को नाराबाजी

चितवन , असार १९  – चितवनमा युबा तथा विद्यार्थीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज दिउसो चर्का नाराबाजी गरेका छ्न । पार्टी भित्रका केही नेताहरु प्रधानमन्त्री ओलीका विरुद्ध भारतीयको ईशारामा सत्ताच्युत गर्ने खेलमा लागेका भन्दै उनिहरुले भरतपुरको चौबीसकोठीमा प्रदर्शनमा उत्रिएका हुन ।

उनिहरुले अपरान्ह ४ बजे देखि ५ बजे सम्म एक घन्टा चौबिसकोठी देखि चितवन मेडिकल कलेज सम्मको सडक क्षेत्रमा हातमा ब्यानर र प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रर्दशन गरेका हुन । लिम्पियाधुरा सहितको गुमेको भूमि नेपालको नक्सामा ल्याई भूमि फिर्ताको कुटनीति पहल गरिरहेको अबस्थामा सत्तारुढ नेकपाको स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्री ओलिको समर्थनमा युबा र विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । उनिहरुले “सरकार ढाल्न पाइँदैन”, “आज होइन भोलिलाई – हाम्रो समर्थन ओलीलाई” जस्ता नारा लगाएका थिए । प्रर्दशन पछि भएको कोण सभामा विद्यार्थी अगुबा अनोज जोशी र अस्मिन घिमिरेले सम्बोधन गरेका थिए ।

ताजा समाचार