होमपेजचितवन विशेषप्रधानमन्त्रीको समर्थनमा चितवनमा युबा विद्यार्थीको प्रर्दशन हुँदै

प्रधानमन्त्रीको समर्थनमा चितवनमा युबा विद्यार्थीको प्रर्दशन हुँदै

चितवन , असार १९  – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शुक्रबार चितवनको भरतपुरमा प्रदर्शन हुने भएको छ । प्रधानमन्त्री ओलीका विरुद्ध भारतीयको ईसारामा सत्ताच्युतको गर्ने खेलमा लागेकाहरुका विरुद्ध दिउसो ४ बजे भरतपुरको चौबीसकोठीमा प्रदर्शन हुन लागेको बताइएको छ । लिम्पियाधुरा सहितको गुमेको भूमि नेपालको नक्सामा ल्याई भूमि फिर्ताको कुटनीति पहल शुरु गरेको अबस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्री ओलिको समर्थनमा युबा र विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन ।

आजको कार्यक्रममा “सरकार ढाल्न पाइँदैन”, “आज होइन भोलिलाई – हाम्रो समर्थन ओलीलाई” जस्ता नारा तय गरिएको विद्यार्थी अगुबा अस्मिन घिमिरेले बताए । प्रधानमन्त्री ओलिको समर्थनमा हिजो बिहिवार पनि देशका विभिन्न स्थानमा प्रर्दशन गरिएको थियो ।

 

ताजा समाचार