होमपेजताजा समाचारराष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं, असार १८ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशनको बिहीबारदेखि नै अन्त्य गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय र सिफारिश भएबमोजिम राष्ट्रपतिले अधिवेशनको अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।

सरकारले संसदको वर्षे अधिवेशन आज बिहीबार साँझदेखि अन्त्य गर्ने निर्णय गरेको थियो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

ताजा समाचार