होमपेजताजा समाचारचार महिनापछि खुल्यो पुनः श्रमस्वीकृति

चार महिनापछि खुल्यो पुनः श्रमस्वीकृति

काठमाडौं, असार १८ – वैदेशिक रोजगारीका लागि सरकारले पुनः श्रम स्वीकृति दिन थालेको छ । कोरोना महामारी र लकडाउनका कारण गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः शुरु भएको हो ।

अब बिदामा आएका कामदारलाई फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।

काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रदेश श्रम कार्यालयबाट आइतबारदेखि सेवा दिइने छ ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । तर जानैपर्ने कामदारहरुले अनुमति लिएर नेपालबाट उद्धार उडानका लागि जाने विमानमा जानसक्ने बताइएको छ ।

ताजा समाचार