होमपेजताजा समाचारसंसद् अधिवेशन आजैदेखि अन्त्य गरिने

संसद् अधिवेशन आजैदेखि अन्त्य गरिने

काठमाडौं, असार १८ – सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भूमिसुधार मन्त्री पद्मा अर्यालका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन् ।

ताजा समाचार