होमपेजताजा समाचार८९ जनाले कोरोनालाई जितेर घर फर्किए

८९ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, असार १८ – अर्घाखाँचीमा ८९ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । अर्घाखाँचीको बिभिन्न आइसोलेसनमा बसेका ८९ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । कोरोना जितेर घर फर्कनेमा सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र मावि हटारीनेटाको आइसोलेसनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योति माविको आइसोलेसनमा रहेका ३८ जना रहेका छन् ।

अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अर्धाखाँचीमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय १२ जना पुगेको छ ।

-canadanepal

ताजा समाचार