होमपेजसमाचारत्रिशुली नदीमा एउटा गाडी खसेर बेपत्ता

त्रिशुली नदीमा एउटा गाडी खसेर बेपत्ता

धादिङ, असार १८ःपृथ्वी राजमार्गको जोगिमारामा आज एउटा गाडी त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जोगिमारामा भएको दुर्घटनामा एउटा गाडी राजमार्गबाट त्रीशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

नदीमा गाडी खसेको थाहा भएपनि कुन गाडी हो, त्यसको नम्बर के हो र त्यसमा कतिजना यात्रुहरु थिए भन्ने बारेमा भने केहि थाहा हुन सकेको छैन ।

प्रत्यक्षदर्शीहरुले सानो गाडी नदीमा खसेको भनेर दिएको सूचनाका आधारमा अहिले स्थानीय प्रशासनले गोताखोर लगाएर त्रिशुलीमा गाडी खोजिरहेको छ । NTV

ताजा समाचार