होमपेजचितवन विशेषइच्छाकामनाका अगुवा किसान लाई ट्नेल तथा घासको बिरुवा बितरण

इच्छाकामनाका अगुवा किसान लाई ट्नेल तथा घासको बिरुवा बितरण

चितवन , असार १७ – कारितास नेपालको सहयोगमा नेपाल ग्रार्मिण आत्मानिर्भर अभियान (रुसेक) सस्था बाट चितवनको इच्छाकामनाका अगुवा किसान लाई बुधबार ट्नेल तथा घासको बिरुवा बितरण गरेको छ । ब्यावसायिक तरकारी खेती गर्ने नमुना तथा आगुवा किसनहरुको लागि टनेल र ब्यबस्थित बाख्रा पालन गर्ने कृषक सदस्यहरुको आर्थिक अबस्था सुधार्न बिरुवा सहयोग गरेको हो । इच्छाकामना गाउँपालिका वार्ड नम्बर १र२ संचालित “उत्थानशिल चेपाङ समुदाय निर्माणका लागि एकिकृत कार्यक्रम” अन्तर्गत परियोजनामा आवद्ध भएका ब्यावसायिक तरकारी खेती गर्ने नमुना तथा अगुवा किसनहरुको लागि ५० थान टनेल र ब्यबस्थित बाख्रा पालन गर्ने कृषक सदस्यहरुको लागि किम्बु घासको बिरुवा १०० जनालाई ५० बोटको दरले ५००० बिरुवा वितरण गरिएको सस्थाका अध्यक्ष रबिकिरण पौडेलले जानकारी दिए । कारितास नेपालको सहयोगमा नेपाल ग्रार्मिण आत्मानिर्भर अभियान (रुसेक) ले चितवनका विभिन्न क्षेत्रमा बिपत्तीमा परेका तथा आर्थिक अबस्था कमजोर भएका समुदायहरु लाई सहयोग गर्दै आएको छ ।

ताजा समाचार