होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा थपिए २५ कोरोना संक्रमीत

भरतपुर प्रयोगशालामा थपिए २५ कोरोना संक्रमीत

चितवन , असार १७ – चितवन स्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मङलबार गरिएको परिक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । परिक्षणका लागि प्रयोगशालामा प्राप्त भएका १०१ नमुना मध्ये २५ वटा नमुनामा कोरोना पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ । कोरोना संक्रमण देखिएकाहरुमा भरतपुर अस्पतालमा रहेका माडी नगरपालिका ५ र ३ का २५ र ७३ वर्षका २ पुरुष, भरतपुर महानगरपालिका वडा नं. ७ र २२ बस्ने वर्ष २६ र ५० का पुरुष २ जना ,भरतपुर  ११ वस्ने वर्ष ४५ की महिला १ जना, र दमक ३ वस्ने वर्ष ३५ को महिला १ गरि जम्मा ६ जना त्यसैगरी नवलपरासी गैडाकोट नगरपालिका वस्ने विभिन्न उमेर समुहका २ महिला सहित ८ पुरुष गरि जम्मा १० जना र सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी महिला १ जना रहेका छ्न , त्यस्तै मंगलबारकै परिक्षणमा नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भरतपुर महानगरपालिका ७ का ६१ वर्षका पुरुष १ र राप्ती नगरपालिका १ वस्ने १२ वर्षकी महिला १ गरि जम्मा २ जना रहेका अस्पतालले जनाएको छ ।त्यस्तै भरतपुर महानगरपालिका वाड नम्बर ९,४,२२,२५ र २६ वस्ने वर्ष ४८,४०,२१,२५,२६ ,र २२ का पुरुष ६ जना गरि जम्मा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । थपिएका नया संक्रमितहरुमा केही क्वारेन्टाइनमा बसिरहेका भए पनि केही बाहिरका पनि भएको बुझिएको छ ।

ताजा समाचार