Home चितवन विशेष चितवनको माडीमा व्यावसायिक मौरीपालन सुरु

चितवनको माडीमा व्यावसायिक मौरीपालन सुरु

0

चितवन , असार १६ – चितवनको माडी नगरपालिका वडा नं ६ स्याउलीबास‌मा मिराकल गार्डेन प्रालिले व्यावसायिक मौरीपालन शुरु गरेको छ । मौरीपालन व्यवसायको आज एक कार्यक्रमको आयोजना गरि औपचारिक उद्घाटन गरिएको छ । उदघाटन कार्यक्रमका प्रमुख अतिथी माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा मौरीपालन व्यवसायको आवश्यकता रहेको औंल्याउँदै नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने बताए । कार्यक्रममा मौरीपालन व्यवसायलाई समूह लक्षित गरी अगाडि बढाउने जानकारी गराउदै गार्डेनका सञ्चालक दामोदर देवकोटाले माडीका हरेक घरमा मौरीपालन सम्भब रहेकाले मौरीपालन व्यावसाय सञ्चालन गरेको बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय माडीका प्रमुख खोबराज सुवेदी, उद्योग वाणिज्य संघ माडीका अध्यक्ष तुलसी आचार्य, माडी नगरपालिका कृषि अधिकृत किरण पौडेल लगायतको सहभागी रहेको थियो ।सो मौरीपालनमा हाल १० वटा घारबाट शुरुवात गरिएको र घारहरु संख्या बढाउँदै लगेर समुदायमा विस्तार गर्दै लगिने जनाइएको छ ।