होमपेजचितवन विशेषसबारी दुर्घटनामा एकको मृत्यु , चार जना घाइते

सबारी दुर्घटनामा एकको मृत्यु , चार जना घाइते

चितवन , असार १५ – नारायणगढ – मुग्लिन सडक खण्डको सत्रकिलोमा आज साझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नारायणगढ बाट मुग्लिङ तर्फ जादै गरेको एल ०१ क्यु ५१०६ नंम्बरको ग्याँस बुलेट र मुग्लिङ बाट नारायणगढ तर्फ आउदै गरेको बा १३ च ५९२९ नंम्बरको स्करपियो गाडी एक आपसमा ठक्कर खाँदा हेटौडा ५ मकवानपुरकी ४८ बर्षिय प्रभा गौतमको मृत्यु भएको हो । दुर्घटनामा स्कारपियो गाडीमा सवार अन्य ४ जना घाईते भएका छन् । घाइतेहरु मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा सोही स्थानका स्कारपियो चालक ४८ बर्षिय राजन घिमीरे र २५ बर्षका अनुज धिताल रहेका छन् । अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरु सबैको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । सवारी दुर्घटनापछि ग्याँस बुलेटका चालक फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार