होमपेजचितवन विशेषपहिलो पटक चितवनको माडीमा मेशिन बाट धान रोपियो

पहिलो पटक चितवनको माडीमा मेशिन बाट धान रोपियो

चितवन , असार १५ – १७ औं राष्ट्रिय धान दिवस तथा असार पन्ध्रको अवसर पारेर चितवनको माडीमा पहिलो पटक मेसिनवाट धान रोपिएको छ । धान उत्पादनमा वृद्धि: आत्मनिर्भर र समृद्धि” भन्ने मुल नाराकासाथ आज माडी नगरपालिका ८ स्थित कान्तिपुर चक्लाबन्दी सामुहिक खेतिमा धान दिवस तथा रोपाइँ महोत्सब गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपाईं गरि कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ,कृषि ज्ञान चितवनका प्रमुख राजन ढकाल, माडी नगरपालिकाका  प्रमुख ठाकुर प्रसाद ढकाल,माडी नगर नगर उपप्रमुख तारा काजी महतो लगायतको सहभागीता रहेको थियो। सामुहिक खेतीको कार्यलाई प्रदेश सरकारले आर्थिक अनुदान तथा मेशिनरी सामान सहयोग गर्दै आएको कार्यक्रममा जानकारी गराइएको थियो ।सहकारी लाई आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र चितवनले उक्त सहकारीलाई यश बर्ष अनुदान सहयोगमा धान रोप्ने मेसिन प्रदान गरेको कृषि ज्ञान् केन्द्रका प्रमुख राजन ढकालले बताए । माडी नगरपालिका वाड नम्बर ८ कान्तिपुरमा स्थानियले एक सय विघा जमिनलाई चक्लाबन्दी गरेर गतवर्ष देखि कृषि सहकारीमार्फत सामूहिक खेती गरिदै आएका छ्न । एक सय बिगाह जमिन मध्ये ७५ विघामा जमिनमा यस पटक धान खेती लगाउन सुरु गरिएको सुर्योदय कृषि सहकारी सस्थाका प्रबन्धक शिबजी गायकले बताए ।

ताजा समाचार