होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा भेटिए २९ जना कोरोना संक्रमीत

भरतपुर प्रयोगशालामा भेटिए २९ जना कोरोना संक्रमीत

चितवन , असार १५ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा हिजो आइतबार गरिएको परिक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रयोगशालामा प्राप्त भएका ५३५ नमुना मध्ये अर्घाखाँची , चितवन , पाल्पा र कैलालीका रहेको भरतपुर अस्पतालले जनाएको छ । परिक्षणका क्रममा अर्घाखाँचीका ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवनका ३२ वर्षका र २७ बर्षका दुई जना महिला, गोदावरी नगरपालिका कैलाली वस्ने ३५ वर्षका पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने २१ र २३वर्षका २ जना पुरुष र पाल्पा जिल्लाका १६ वर्ष देखि ५५ सम्मका विभिन्न उमेर समूहका १३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाइएको छ ।

ताजा समाचार