होमपेजचितवन विशेषबिदेशमा अफ्ट्यारोमा परेकाको खोजी गर्दै वडा कार्यालय

बिदेशमा अफ्ट्यारोमा परेकाको खोजी गर्दै वडा कार्यालय

चितवन , असार १५ – चितवनको माडी नगरपालिका वाड नम्बर १ ले बिदेशमा रहेका आफ्ना वाडबासीको खोजी सुरु गरेको छ । भारत बाहेक तेस्रो मुलुकमा अध्यन तथा रोजगारीका सिलसिलामा रहि हाल भिसा अवधी समाप्त भै घरफिर्तीका लागि प्रतीक्षामा बसिरहेकाहरु सम्पर्कमा आउनुहुन अनुरोध गरेको हो । वाड नम्बर १ का अध्यक्ष कृष्ण पौडेल द्वारा आज जारी सुचनामा बिश्वब्यापी महामारीका रुपमा रहेको कोभिड १९ सगै भएको लकडाउनको प्रभाबले भारत बाहेक तेस्रो मुलुकमा अध्यन तथा रोजगारीका सिलसिलामा रहि हाल भिसा अवधी समाप्त भै घरफिर्ताका लागि प्रतीक्षामा बसिरहेकाहरु लाई यथाशीघ्र वाडको सम्पर्क आउन अनुरोध गरिएको हो ।

 

 

जारी सुचनामा नेपाल आउन चाहाले वाड्बासीले आफ्नो नाम , थर , ठेगाना , राहादानी नम्बर , हाल आफू रहेको देश, सम्पर्क नम्बर र शहर समेत खुलाएर जानकारी गराउन अनुरोध गरिएको हो । हाल भारत बाहेक बिश्वका विभिन्न मुलुकमा भिसा सकिएर नेपाल आउन प्रतीक्षामा बसेका करिब २० जना रहेको अनुमान गरिएको अध्यक्ष पौडेलले बताए । माडीमा कृयाशिल केही सामाजिक सस्थाले उनिहरुको उद्दारमा चासो देखाएकाले तथ्यांक लिन लागिएको उनको भनाइ छ ।

ताजा समाचार