होमपेजचितवन विशेषलायन्स क्लबको सहयोगमा कसरा पोस्टमा आधुनिक सार्बजनिक शौचालय निर्माण हुँदै

लायन्स क्लबको सहयोगमा कसरा पोस्टमा आधुनिक सार्बजनिक शौचालय निर्माण हुँदै

चितवन, असार १५ – चितवनको भरतपुर माडी सडकखण्डको चितवन रास्टिय निकुञ्ज कसरा पोस्टमा आधुनिक सार्बजनिक शौचालय निर्माण हुने भएको छ । माडी भरतपुर आउने जाने यात्रीहरु लाई लक्षित गर्दै चितवन ग्रिन लायन्स क्लबको सहयोगमा सार्बजनिक शौचालय निर्माण हुने भएको हो । करिब १० लाख रुपैया लागतमा निर्माण गर्न लागिएको सार्बजनिक शौचालयको आज एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरिएको छ ।

तीन महिनामा निर्माण सम्पन्न गर्ने गरि चितवन रास्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र लायन्स क्लब ३२८ बि टु नेपाल सेकेन्ड भिडिजी रामप्रसाद भट्टले सयुक्त रुपमा शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा चितवन ग्रिनका अध्यक्ष किशोरचन्द्र सापकोटा , लायन्स प्रभाकर पण्डित , प्रमुख सेनानीहरु नर बहादुर शाह , अरुण श्रेष्ठ , सामाजिक अगुवा श्रीप्रसाद दबाडी लगायतको सहभागिता रहेको थियो । कसरा पोस्टमा रहेको सार्बजनिक शौचालय पुरानो र जिर्ण हुँदै गएकाले यात्रुहरु लाई असहज भएकाले नया शौचालय निर्माण गर्न लागिएको चितवन ग्रिन लायन्स क्लबले जनाएको छ ।आधुनिक नया शौचालय निर्माण भए पछी यात्रुहरु लाई शौच गर्न सहज हुने बताइएको छ ।

ताजा समाचार