होमपेजचितवन विशेषचितवनको माडीमा आज पहिलो पटक मेशिन बाट धान रोपिदै

चितवनको माडीमा आज पहिलो पटक मेशिन बाट धान रोपिदै

चितवन , असार १५ – धान दिबस तथा असार पन्ध्रको अबसर पारी चितवनको माडी क्षेत्रमा आज पहिलो पटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी नगरपालिका वार्ड नम्बर ८ कान्तिपुर गाउँ स्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आज सोमबार मेसिनबाट रोपाईं सुरु हुन लागेको हो ।
धान रोपाइ कार्यक्रमको बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गर्ने कार्यक्रम रहेको सुर्योदय कृषि सहकारी सस्थाका प्रबन्धक शिबजी गायकले बताए । कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख कृष्ण ड्ल्लाकोटी , प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई , प्रदेश साम्सद रामलाल महतो लगायत उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा धान रोप्ने मेसिनको समुदघाट्न गरिन लागेको सहकारी सस्थाका अध्यक्ष ईन्द्र बहादुर पौडेलले बताए ।

यसपटक ‘धान उत्पादनमा वृद्धि,आत्मनिर्भर र समृद्धि’ भन्ने नारासहित धान दिवस मनाउन लागिएको हो । सहकारी संस्थाले मेसिनबाट धान रोपाईंका लागि केही दिन पहिले नै प्लास्टिक ट्रेमा धानको बीउ तयार गरेको छ । किसानले परम्परागत रुपमा राखेको बीउ मेसिनले रोप्न नसक्ने भएकाले ट्रे विधीबाट धानको बीउ राखिएको सहकारीले जनाएको छ । माडीमा चक्लाबन्दीमा आधारित सामुहिक कृषिका लागि ९६ जना किसानले एक सय बिगाह जमिनमा सामुहिक खेती गर्दै आएका छ्न ।

ताजा समाचार