होमपेजचितवन विशेषभरतपुरका दुई वटा सामुदायिक बनमा बृक्षारोपण

भरतपुरका दुई वटा सामुदायिक बनमा बृक्षारोपण

चितवन , असार १४ – बृक्षारोपण दिवसको अवसर पारेर भरतपुर महानगरपलिकाको दुई बटा वार्डमा रहेका दुई सामुदायिक बनमा आज बृक्षारोपण गरिएको छ । महानगरको वार्ड नम्बर ११ मा रहेको नवजागृती सामुदायिक वन र भरतपुर १२ मा रहेको रामवेल सामुदायिक वनमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रम प्रमुख अतिथी चितवन क्षेत्र नंम्बर २ का प्रर्देश सांसद विजय सुवेदीले नवजागृती सामुदायीक वनमा एभोग्राडो र रामवेल सामुदायीक वनमा वेलको विरुवा रोपेर वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रममा सांसद सुवेदीले कसैले पनि आफुहरुको जमिन खाली नराख्न अनुरोध गर्दै सामुदायिक वनलाई स्थानीयको उत्पादनसंग जोड्न जडिबुटी र फलफुलका विरुवा रोप्नु पर्ने बताउदै भरतपुर लाई बगैचाको शहरको रुपमा चिनाउन सबैको भुमिका महत्त्वपूर्ण रहेको बताए ।
सोही कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई , नवजागृती सामुदायीक वनका अध्यक्ष पुस्तक गौतम लगायतले बृक्षारोपणको महत्त्वको बारेमा जानकारी दिएका थिए । आज गरिएको कार्यक्रम बे ग्रुपको समन्व र डिभिजन वन कार्यालको सहयोगमा रोपिएका बिरुवाहरुमा हर्रौ, बर्रो, अमला, चिउरी, एभोग्राडो, अगररुड, निम, वेल, गुर्जो, अम्बा, आँप लगायतका रहेको छ । कार्यक्रममा भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारी, १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवा, नेकपा चितवनका नेता तेजेन्द्र खड्का लगायत राजनितिक दल, टोल विकास संस्था र सामुदायीक वनका प्रतिनिधिहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार