होमपेजचितवन विशेषजन्मदिनको अबसर पारेर चितवनमा मदन भण्डारीको शालिक अनावरण

जन्मदिनको अबसर पारेर चितवनमा मदन भण्डारीको शालिक अनावरण

चितवन , असार १४ – तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीकाे ६९ औ जन्म दिवसका अबसर पारेर चितवनमा उनको शालिक अनावरण गरिएको छ । भरतपुर महानगरपालिका वाड नम्बर १७ गाजीपुरमा रहेको मदन भण्डारी स्मृति पार्कमा शालिक अनावरण गरिएको हो ।

आज आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका भुमी ब्यबस्था , कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले अर्धकदको शालिक अनावरण गरेका हुन ।

शालिक अनावरण पछि आयोजित कार्यक्रममा मन्त्री लामाले भण्डारीको स्मरण गर्दै अहिलेको अबस्थामा उहाले देखाएको बाटो अबलम्बन गर्न झनै जरुरी रहेको बताए । कार्यक्रममा नेकपाका नेता देबि ज्ञावलि , बाग्मती प्रदेशका मुख्य मन्त्रीका राजनैतिक सल्लाहकार जेएन थपलिया , प्रदेश साम्सद कृष्ण भुर्तेल लगायतले स्वर्गीय भण्डारीले पुर्याएका योगदानका बारेमा चर्चा गरेका थिए । सोही कार्यक्रममा पार्क निर्माणमा तथा सो स्थानको विभिन्न कार्यमा सहयोग पुर्याउनेहरु लाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम आयोजना मदन भण्डारी फाउन्डेसन चितवन र सह आयोजना मदन भण्डारी स्मृति पार्क निर्माण समितीले सम्पन्न गरेको हो । कार्यक्रम नेकपाका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । स्वर्गीय भण्डारीको २०५० साल जेठ ३ गते दासढुङामा रहस्यमय दुर्घटना पछि उनको शब गाजिपुरमा भेटिएको थियो

ताजा समाचार