होमपेजचितवन विशेषसलह किरा चितवनमा भित्रीयो , कृषक लाई सजग रहन कृषि ज्ञान...

सलह किरा चितवनमा भित्रीयो , कृषक लाई सजग रहन कृषि ज्ञान केन्द्रको अनुरोध

चितवन , असार १३ – भारतको विभिन्न सिमावर्ती क्षेत्र बाट नेपाल पसेका सलह किरा चितवनमा पनि देखा परेका छन । शनिबार दिउँसो बारा , पर्सा , रुपन्देही र नवलपरासी जिल्लाका केही क्षेत्रमा देखिएको भए पनि साझ पख पूर्वी चितवनको खैरहनी नगरपालिका आसपासको क्षेत्रमा सलह किरा देखिएको हो । पर्सा बजार र आसपासको क्षेत्रमा ठूलो संख्यामा सलह किरा आकाशमा देखिएको स्थानियबासीहरुले बताएका छ्न । यसै बिच कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले चितवन जिल्लाका विभिन्न क्षेत्रमा सलह किरा देखा परेको जानकारी प्राप्त भएको बताउनु भएको छ । उहाले अहिले खेतिपतिको सिजन भए सगै खेतबारीमा सलह किराको प्रकोप हुन सक्ने बताउदै सजग रहन किसानहरु लाई अनुरोध गर्नु भएको छ । प्रमुख ढकालले अहिलेको अबस्थामा सलह लाई भगाउनु नै उत्तम बिकल्प रहेको बताउदै सम्पुर्ण कृषक लाई सजग रहन अनुरोध गर्नु भयो । उता ५ नम्बर प्रदेशले सलह किरा नियन्त्रण गर्ने उदेश्यले किरा जम्मा गरेर ल्याउने लाई प्रती किलो २० रुपैया दिने घोषण गरेको छ ।

ताजा समाचार