होमपेजताजा समाचारसरकारको अनुरोध लाई अवज्ञा गर्दै उपमेयर बिहेमा पुगेपछी खैलाबैला !

सरकारको अनुरोध लाई अवज्ञा गर्दै उपमेयर बिहेमा पुगेपछी खैलाबैला !

चितवन , असार १३- सरकारले लकडाउनको समयमा बिहेमा हुने सहभागिको संख्या र भोजमा कडाइ गरेको भए पनि सरकारी अनुरोध लाई बेवास्ता गर्दै नबलपरासीको गैडाकोटमा २०० बढी जन्ती सहभागी भएको बिहे भोजमा नगरपालिकाका उपमेयर सरकारी गाडीमा त्यहा पुगे पछि हङामा भएको छ । गैँडाकोटकी उपमेयर विष्णुकुमारी कँडेल आफैँ आज सरकारी बिदा शनिबारका दिन सरकारी गाडी चढेर बिहेभोजमा पुगेपछी हल्लाखल्ला मच्चिएको हो । लकडाउनको समयमा सरकारी साधनस्रोत र निर्देशनको चरम दुरुपयोग भएको भन्दै केही स्थानीयहरुले आलोचना गरे पछि उनी कार्यक्रम स्थल बाहिरिएको जनाइएको छ ।

सरकारले विवाह उत्सव वा सांस्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने निर्देशन जारी गरेको छ तर, सरकारी निर्देशनलाई बेवास्ता गर्दै उपमेयर कडेल त्यहा जानुलाइ निर्देशनको अवज्ञा र सरकारी साधनको दुरुपयोग भएको स्थानीयहरुको भनाइ छ ।उपमेयर कडेल गैँडाकोट नगरपालिका वार्ड नम्बर १७ स्थित होटल रेड हाउसमा सरकारी बा २ झ १३४९ नम्बरको सेतो प्लेटको रातो गाडी चढेर जन्तीसहित पुगेकी थिइन । स्थानीयले विरोध गरेका छन् । तर उपप्रमुख कडेलले आफुलाइ सिमित जन्ती भएको जानकारी पाएको र छिमेकीको बिहे भएका कारण बिहेमा सहभागी हुन आएको उनले बताएकि हुन ।

ताजा समाचार