होमपेजताजा समाचारकोराना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

कोराना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

पर्वत, असार १३ – पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको छ । अस्पताल, क्वारेन्टाइनमा डिसइन्फेक्सन छर्किने ५३ वर्षीय पुरुष कुश्मा नगरपालिकाका हुन् । उनलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा. शिशिर देवकोटाले जानकारी दिए ।

यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितको रिर्पोट नेगेटिभ आएपछि आजै बिदाइ गरिने भएको छ । यसअघि दुई चिकित्सकसहित पर्वतका ११ जनामा कोरोना संक्रमित घर फर्किसकेका छन् । आइसोलेसनमा उपचार गराइरहेका ११ जनाको भने दोश्रो पटकको रिपोर्ट पनि कोरोना पोजिटिभ देखिएका कारण उपचारमै रहने डा. देबकोटाले जानकारी दिए ।

-Annapurnapost

ताजा समाचार