होमपेजताजा समाचारझुक्कियो बिज्ञ टोलि : नेपालका विभिन्न स्थानमा सलह किरा प्रबेश

झुक्कियो बिज्ञ टोलि : नेपालका विभिन्न स्थानमा सलह किरा प्रबेश

चितवन , असार १३ – भारतका विभिन्न स्थानमा क्षेती पुर्याएको सलह किरा नेपाल प्रवेश गरेको छ । दुई दिन अगाडी बाट नेपालको दक्षिण क्षेत्र बाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको बताइएको छ । शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा तथा दिउँसो नबलपरासीको बर्दघाट क्षेत्रमा सलह किरा देखिएको कृषि बैज्ञानिकहरुले बताएका हुन नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको र त्यसपछि नेपालको विभिन्न स्थानमा देखिएको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको सलह किराको व्यवस्थापनका लागि गठित टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले प्रदेश २ का जिल्लाहरुमा सलह देखिएको बताउँदै अहिले पहिचान गर्ने काम भइरहेको बताए ।केही साता अघि नेपालको सलह कीरा नियन्त्र गर्न वनेको कृषी बिज्ञ तथा अनुसन्धानकर्ताहरु सहीतको समितीले नेपालमा सलह कीरा को समस्या हाल लाई टरेको भन्ने धारणा सहित को समाचारहरु सार्वजनीक भएको थियो । भारतमा सलह किरा सकृय भए संगै मनसुन सक्रीय हुँदा यो निस्कृय हुन्छ भन्ने कुरापनि वाहिरीएका थिए । तर एकएक नेपालमा सलह किरा प्रबेश हुनुले बिज्ञाहरु नै झुक्किएको देखिएको छ । नेपालमा सलह किराको समस्या टर्यो भनेपछि पर्याप्त पुर्ब तयारीमा कमजोरि देखिएको छ । यसको समाधान र नियन्त्रणको लागि तुरुन्त कदम चाल्न पर्ने अबस्था आएको छ । यसको प्रकोप बाट थप क्षती वाट जोगाउन किसानलाई नियन्त्रण विधी र सावधानीका उपायहरु यथशिघ्र कृषकहरु लाइ सचेत बनाउन माग गरिएको छ ।

ताजा समाचार