चितवन , असार १३ – चितवन भरतपुर अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कैलाली गोदाबरी नगर पालिका वाड नम्बर ७ लालपुरका ५० बर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएका उनको नेपाली सेनाले सब दिउँसो ब्यबस्थापन गरेको हो । आज बिहान मृत्यु भएका उनको शव भरतपुर महानगरपालिका १ स्थित बागीश्वरी जंगलमा ब्यबस्थापन गरिएको जनाइएको छ । दुई दिन अगाडि कैलाली बाट चितवन आइ चितवन मेडिकल कलेजमा भर्ना भै उपचार गराइरहेका फोक्सोको क्यान्सरका पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालमा स्थानान्तरण गरिएको थियो । श्वासप्रश्वासमा जटिल समस्या भएपछि हिजो नै आइसियुमा सारिएकोमा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।