काठमाडौं, असार १३ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसंगै कुल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) नियमित प्रेस ब्रिफिङमा थप संक्रमित बारे जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजसम्ममा ७७ जिल्लामै कोरोना संक्रमण पुगेको जानकारी दिए ।
पीसीआर टेष्ट घट्यो
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६०६ नमुनाको पीसीआर टेष्ट भएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार पीसीआर टेष्ट गर्ने दाबी गरेका थिए । तर टेष्टको संख्या बढ्नुको साटो घटेर ४६ सयमा आइपुगेको हो ।
मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घटेर शनिबार ४६०६ मा आइपुगेको छ ।
हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयले जनाएको छ ।