होमपेजचितवन विशेषमाडीको पुरुइ खोला चेपाङ बस्तीमा खाधान्न सहयोग

माडीको पुरुइ खोला चेपाङ बस्तीमा खाधान्न सहयोग

चितवन , असार १३ – चितवनको माडी नगरपालिका वाड नम्बर ७ देबेन्द्रपुर पुरुइ खोला किनारमा रहेको चेपाङ बस्तीमा आज शनिबार खाधान्न सहयोग गरिएको छ । ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) र कारितास नेपालको सहयोगमा सो स्थानमा रहेका ५६ घर चेपाङ परिवारलाई दैनिक उपभोग्य खाध्य सामाग्री राहत वितरण गरिएको हो । लामो समय देखि उक्त बस्तिमा खाधान्न लगायतको उपभोग्य सामान अभाव रहेकाले सबै परिबार लाई  चामल , दाल , तेल , नुन साबुन लगायतको दैनिक आबस्यक हुने करिब १ लाख ४५ हजार रुपैया बराबरको सामान हस्तान्तरण गरिएको सहयोगी सस्थाका अध्यक्ष रबिकिरण पौडेलले बताउनु भयो । राहात हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढ्काल , नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष राम प्रसाद न्यौपाने , सामाजिक अगुबा श्रीप्रसाद दवाडी , बाड नम्बर ७ का अध्यक्ष बालाकृष्ण सापकोटा लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार