होमपेजचितवन विशेषसशस्त्र प्रहरी सिमा सुरक्षा बल माडी लाइ कुर्सी र पङ्खा सहयोग

सशस्त्र प्रहरी सिमा सुरक्षा बल माडी लाइ कुर्सी र पङ्खा सहयोग

चितवन , असार १३ – चितवनको माडी नगरपालिका वडा नं ५ छरछरेमा रहेको सिमा सुरक्षा बल (बिअोपी) कार्यालयलाई कुर्सी र पङ्खा हस्तान्तरण गरिएको छ सामाजिक अगुबा श्रीप्रसाद दवाडी र सन्चारकर्मी नारायण सापकोटाले आज शनिबार ३ वटा पङ्खा र ८ वटा कुर्सी उपलब्ध गराउनुभएको हो ।कुर्सी र पङ्खाहस्तान्तरण गर्दै माडी नगरपालिका वडा नं ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले विओपीको कार्यलयमा धेरै समस्या रहेको जनाउँदै सहयोगी हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको हो ।सामान ग्रहण गर्दै विओपी छरछरेका प्रहरी निरीक्षक थकाली थारुले कार्यालय ब्यबस्थापनमा विभिन्न भौतिक समस्या भएको बताउदै स्थानियको सहयोग आबश्यक रहेकोले सहयोगको आग्रह गर्नुभयो ।
सिमा रक्षामा खटिएको शसस्त्र प्रहरी बल (विअोपी) कार्यालयमा रहने सुरक्षाकर्मीहरुका भौतिक संरचना लगायतको समस्या रहेको छ ।

ताजा समाचार