होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण कैलालीका एक पुरुषको चितवनमा मृत्यु

कोरोना संक्रमणका कारण कैलालीका एक पुरुषको चितवनमा मृत्यु

चितवन , असार १३ – कोरोना संक्रमणका कारण चितवनमा आज शनिवार थप एक ब्याक्तिको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनि फोक्सोको क्यान्सरका विरामी भै कैलाली बाट चितवन आएका थिए । दुई दिन अगाडि फोक्सोको क्यान्सर उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । हिजो बिहान देखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पताल सारीएको थियो। भरतपुर अस्पतालमा लगिएको भएपनी स्वासप्रश्वासमा समस्याका कारण  उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको थियो । उनको आज विहान ७ बजे मृत्यु भएको भरतपुर अस्पतालका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो ।

ताजा समाचार