होमपेजताजा समाचारकोरोना नभएको भन्दै घर पठाएका लाई कोरोना संक्रमण देखियो

कोरोना नभएको भन्दै घर पठाएका लाई कोरोना संक्रमण देखियो

चितवन , असार १३ – कैलालीमा कोरोना रिपोर्ट नेगेटिभ आएको भन्दै क्वारेन्टिनबाट घर पठाइएका पाँच जनामा संक्रमण पुष्टि भएको छ । गौरीगंगा नगरपालिका वडा नम्वर ६ का पाँच जनालाई कोरोना रिर्पोट नेगेटिभ आएको भन्दै घर पठाएको दुई दिनपछि संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई त्रिपुरा सामुदायिक वनको क्वारेन्टिनमा राखिएकोमा वडा कार्यालयले रिपोर्ट नेगेटिभ आएको भन्दै दुई दिन अगाडी घर पठाएको थियो । संक्रमण पुष्टि भएपछि उनीहरुलाई फेरी क्वारेन्टिनमा राखिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक ईश्वरी प्रशाद भुसालले जानकारी दिए ।

दुई दिन अगाडी ४८ जनामा संक्रमण पुष्टि भएको छ भनेका थियौँ । बाँकीको रिपोर्ट नेगेटिभ आएको भनेर घर पठाइएकोमा अहिले फेरी उनीहरलाई क्वारेन्टिमा राखेको उनले जानकारी दिए । गौरीगंगा नगरपालिकमा अहिलेसम्म एक सय पाँच जनामा संक्रमण पुष्टि भईसकेको छ । रिपोर्ट नआउँदै घर पठाउने क्रम बढेपछि समुदाय स्तरमा भने त्रास बढेको छ ।

-Khabarkunja

ताजा समाचार