होमपेजसमाचारआन्द्राको अप्रेसनको गरीएकी अछामकी गर्भवती महीलाले कोरोना जितिन

आन्द्राको अप्रेसनको गरीएकी अछामकी गर्भवती महीलाले कोरोना जितिन

चितवन , असार १३ – गत जेष्ठ २६ गते हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्जमा पुर्याइएकी २१ हप्ताकी गर्भवती समेत रहेकी चौरपाटी गाउँपालीका ५ लुङग्राकी २५ वर्षीया महिलाले कोरोना जीतेकी छीन।

उनले जेष्ठ ११ गते कोरोना जितेकी र हाल उनी साधारण सैयामा रहेकी स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।

भारत बाट आएकी उनी क्वारेन्टाइनमा बसेकी थिइन ।स्वास्थमा समस्या आएपछी उनलाई जेष्ठ २५ गते बयालपाटा अस्पताल ल्याइएको थियो ।

बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारको लागि जेष्ठ २६ गते नेपालगञ्जमा पुर्याइएकी उनीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

२१ हप्ताकी गर्भवती समेत रहेकी उनको आन्द्राको सफल अप्रेसनको गरीइको थियो ।

-nikarankhabar

ताजा समाचार