होमपेजचितवन विशेषचितवनमा थप दुई जनामा कोरोना संक्रमण भेटियो

चितवनमा थप दुई जनामा कोरोना संक्रमण भेटियो

चितवन , असार १२ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामामा आज गरिएको परिक्षणमा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रयोगशालामा आज प्राप्त भएका जम्मा १०९ वटा नमुना मध्ये पिसिआर परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । परिक्षणका क्रममा राप्ती नगरपालिका-०५ बस्ने ४० बर्षका पुरूष र भरतपुर महानगरपालिका-१३ बस्ने २७ बर्षका पुरूष रहेका भरतपुर अस्पतालले जनाएको छ । आज प्रयोगशालामा राप्ती नगरपालिका बाट २६ ,
भरतपुर महानगरपालिका बाट १५ , बिपी कोइराला क्यान्सर अस्पताल बाट ३० , भरतपुर अस्पताल बाट १४ ,पुरानो मेडिकल कलेज बाट १३ , चितवन मेडिकल कलेज बाट ८ ,सेन्ट्रल हस्पिटल बाट १ ,नारायणी सामुदायिक अस्पताल बाट १ र पाल्पा बाट १ गरि जम्मा १०९ नमुना प्राप्त भै परिक्षण गरिएको जनाइएको छ । बाँकि १०७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको छ ।

ताजा समाचार