होमपेजताजा समाचारनेपालमा आज ५ सय ९३ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ५ सय ९३ जना कोरोना संक्रमित थपिए

चितवन , असार १२ – नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ९३ जनामा कोरोना संक्रमित देखिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुग्यो । ९ हजार ३० जना आइशोलेशनमा रहेका छन् ।क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट २ लाख ६ हजार ७ सय ७१ जनाको परीक्षण गरिएको जनाइएको छ ।

ताजा समाचार