होमपेजचितवन विशेषकोरोना संक्रमीत भरतपुरमा उपचाररत कैलालीका पुरुषको अबस्था जटिल

कोरोना संक्रमीत भरतपुरमा उपचाररत कैलालीका पुरुषको अबस्था जटिल

चितवन , असार १२ – चितवनको भरतपुरमा उपचाररत हिजो साझ कोरोना संक्रमण देखिएका कैलालीका एक पुरुषको अवस्था जटिल भएको छ । दुई दिन अगाडी क्यान्सरको उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेजमा भर्ना भएका कैलाली गोदाबरी नगरपालिका ७ का ५० बर्षका पुरुषको अबस्था जटिल  रहेको हो । उनलाइ उपचारका लागि आज बिहान मेडिकल कलेज बाट भरतपुर अस्पतालमा ल्याइएको भरतपुर अस्पतालले जनाएको छ । बिरामी लाई कोरोना संक्रमण देखिएपछी भरतपुर अस्पतालमा ल्याइएको र थप उपचार सुरु गरिएको भएपनि फोक्सोको क्यान्सर लगायतको रोग समेत रहेकाले अबस्था जटिल देखिएको उपचारमा सङ्लघ्न डाक्टर प्रमोद पौडेलले बताउनु भयो । बिरामीको अबस्था जटिल भएपछि उनका आफन्तहरुले घर लैजानका लागि अनुरोध गरेको अस्पतालका प्रबक्ता लिलाधर पौडेलले बताउनु भयो ।

ताजा समाचार