होमपेजचितवन विशेषमाडीका कोरोना पुष्टी भएका सबै क्वारेन्टाइन भित्रका , सचेत रहन नगरप्रमुखको आग्रह

माडीका कोरोना पुष्टी भएका सबै क्वारेन्टाइन भित्रका , सचेत रहन नगरप्रमुखको आग्रह

चितवन , असार १२ – चितवनको भरतपुर स्थिति भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा बिहिबार गरिएको परीक्षणमा माडीका कोरोना संक्रमण पुष्टी भएकाहरु सबै क्वारेन्टाइनमा बसेकाहरु रहेको नगरपालिकाले जनाएको छ । केही दिन अगाडि दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका थप ९ जनामा बिहिबार राती कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । प्रयोगशालामा गरिएको परीक्षणमा माडीका १७ देखि ४९ वर्ष उमेर समूहका ९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले बताउनु भयो । गत असार ९ गते माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २९ जनाको तेस्रो पटक पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएकोमा बिहीबार ९ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।माडीमा क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते ८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि १३ जनाको दोश्रोपटक कोरोना परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएपछि क्वारेन्टाइमा राखिएका सबैजनामा पिसिआर बिधीबाट परीक्षणका लागि स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।
यसै बिच माडी नगरपालिकाका प्रमुख ढकालले माडीका कोरोना संक्रमण देखिएका सबै क्वारेन्टाइन भित्रका भएकाले नआत्तिन र सजग रहन नगरबासी लाई आग्रह गर्नु भएको छ ।उहाले कोरोनाको संक्रमण क्वारेन्टाइन भित्र मात्र भएकाले समुदायमा प्रवेश हुन नदिन सबै सचेत रहन आग्रह गर्नु भयो ।

ताजा समाचार