होमपेजचितवन विशेषभरतपुर प्रयोगशालामा थप ३४ जना कोरोना संक्रमीत थपिए

भरतपुर प्रयोगशालामा थप ३४ जना कोरोना संक्रमीत थपिए

चितवन , असार ११ – चितवन स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ । बिहिबार गरिएको पिसिआर परिक्षणमा चितवन र नवलपरासीका गरि थप ३४ जनामा कोरोना संक्रमण पुस्ठी भएको हो ।
प्रयोगशालामा ल्याइएका जम्मा २१४ वटा नमुना मध्ये माडी नगरपालिका बाट ४९,६३,२६,४५,५२,१७,२५,२०,१७ वर्षीय गरि जम्मा ९ जना पुरुष ,गैंडाकोट नगरपालिकाका ५३,३४,२३,३५,५२,५२,२५ वर्षीय गरि जम्मा ७ जना पुरुष , कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ महिला सहित २४,२४,३०,३३,३०,३५,२२,१८,२९,५८,३५,१८ वर्षीय १२ पुरुष गरि जम्मा १४ जना ,चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी -०७ का ५० वर्षीय १ जना पुरूष ,भरतपुर महानगरपालिका-१६ का २१ वर्षीय १ जना पुरूष, भरतपुर महानगरपालिका-१५ कि ३७ वर्षीय महिला १ र रत्ननगर नगरपालिकाकी २७ वर्षीय १ जना महिला गरि जम्मा ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ ।

ताजा समाचार