होमपेजराजनीतिएमसीसीको पक्षमा मतदान गरे मन्त्री भट्ट र काग्रेसका सभापती देउवालाई जनकारवही गर्ने...

एमसीसीको पक्षमा मतदान गरे मन्त्री भट्ट र काग्रेसका सभापती देउवालाई जनकारवही गर्ने बिप्लब माओबादीको चेतावनी

चितवन , असार ११ –  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गरे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेपाली काग्रेसका सभापती सेर बहादुर देउवालाई जनकारवही गर्ने चेतावनी दिएको छ ।कैलालीको अत्तरियामा रहेको मन्त्री भट्टको घरमा र देउवाको धनगढी स्थित घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने चेतावनी दिईएको छ ।नेपाल कम्युनिष्ट पार्टी कैलालीको छाप रहेको पत्रमा एमसीसी जस्तो पेचिलो बिषयमा कैलालीबाट प्रतिनिधित्व गर्ने भट्ट र पुर्व प्रधानमन्त्री देउवाले यसको विपक्षमा मतदान गर्ने अपेक्षा कैलालीबासीहरुले लिएको उल्लेख छ । राष्ट्रियता सम्बन्धि जनताको म्यान्डेडको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्रप्रेमी कैलालीबासीहरुको रहेको छ ।’ पत्रमा भनिएको छ ‘यदी नेपाली जनताको राष्ट्रभक्तिको भवना, आवाज र अपिल विपरित तपाईद्धारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिस्कारदेखि जनकारबाहीको सामना गर्न तपाई तयार रहनुहुनेछ भन्ने कुरापनि अवगत गराउन चाहान्छौ ।

–  Godavari fm

ताजा समाचार