होमपेजचितवन विशेषनेपालको पुर्बी र मध्य क्षेत्रमा मनसुन प्रबेश , सतर्कता अपनाउन महाशाखाको आग्रह

नेपालको पुर्बी र मध्य क्षेत्रमा मनसुन प्रबेश , सतर्कता अपनाउन महाशाखाको आग्रह

चितवन , असार ११ – चितवन लगायत देशको पुर्बी र मध्य क्षेत्रमा बाढी पैरोको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखा काठमाडौँले आज एक सूचना जारी गर्दे सो आग्रह गरेको हो । महाशाखाका अनुसार अहिले देशभर मनसुन सक्रिय भई विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले चितवन सहित पुर्ब र मध्य क्षेत्र स्थानका साना नदीमा आकस्मिक बहावको संभावना रहेकोले सतर्क रहन आग्रह गरेको छ ।यसै बिच आज बिहान देखिको लगातारको बर्षासंगै बाढीग्रस्त बनेको माडीको रेबा नदी तर्ने क्रममा एक ट्रयाक्टर खोलाले बगाएको छ ।पानीको सतह बढेको अवस्थामा रतनी हुँदै सिमरा जाँदै गरेको ना.५ त. ७५६० नम्बरको ट्रयाक्टर खोलामा पल्टिएको थियो । पल्टिएको ट्रयाक्टर खोलामा पानी घटे पछि दिउँसो जे.सि.बी.को सहयोगमा खोला बाहिर निकालिएको छ । चितवनका माडीका मगुइ लगायतका खोलाहरुमा पानीको बहाब बढेपछी आज माडी क्षेत्रमा साना सबारीका साधन अबरुद्ध भएका माडी बाट सामाजिक अगुबा श्रीप्रसाद दवाडीले बताउनु भयो ।

ताजा समाचार