Home चितवन विशेष कोरोनाका कारण चितवनका एक पुरुषको काठमाडौमा मृत्यु

कोरोनाका कारण चितवनका एक पुरुषको काठमाडौमा मृत्यु

0

चितवन , असार ११ – ललितपुरको पाटन अस्पतालमा चितवनका एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अस्पतालमा उपचारका क्रममा ५० वर्षिय पुरुषको आज मृत्य भएको हो । उनी केही दिन अगाडी उपचारका लागि अस्पताल आएका र विभिन्न रोगको संक्रमण रहेको अस्पतालले जनाएको छ । यसै बिच नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने संक्रमितको संख्या १० हजार ७ सय २८ र निको भएका संक्रमितको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।