होमपेजचितवन विशेषभरतपुर प्रयोशालामा पाल्पाका ९३ जनामा कोरोना पुष्ठि

भरतपुर प्रयोशालामा पाल्पाका ९३ जनामा कोरोना पुष्ठि

चितवन , असार ११ – चितवन भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको पिसिआर परिक्षणमा पाल्पा जिल्लाका ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोभिड १९ प्रयोगशालामा प्राप्त भै परिक्षण गरिएका २९७ बटानमुना मध्ये पाल्पा जिल्लाका ९३ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । पाल्पामा एकै साथ धेरैको संख्यामा कोरोना पोजेटिभ देखिएको पहिलो पटक हो । बुधबार भरतपुर अस्पताल वटा १५ वटा , चितवन मेडिकल कलेज बाट ४ वटा , पुष्पाञ्जलि अस्पताल वाट २ , बि.पी कोइराला क्यान्सर अस्पताल वाट २६ , वटा ,सी.ओ.एम.एस वाट १६ र
पाल्पा जिल्ला वाट २३४ गरि जम्मा २९७वटा नमुना मध्ये पाल्पा जिल्लाको विभिन्न स्थानवाट ९३ जनामा कोरोना पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ ।

ताजा समाचार