Home चितवन विशेष माडी नगरपालिका द्वारा ८८ करोड ७० लाख ३८ हजार रुपैंया बजेट विनियोजन

माडी नगरपालिका द्वारा ८८ करोड ७० लाख ३८ हजार रुपैंया बजेट विनियोजन

0

चितवन , असार १० – चितवनको माडी नगरपालिकाको पाचौ नगर सभाले नगरका विभिन्न क्षेत्रका लागि रकम बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७७/६८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट विनियोजन गरेको हो । जसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका निकायहरुबाट ६३ करोड ५१ लख ६८ हजार प्राप्त हुने नगरपालिकाको अपेक्षा छ । त्यसैगरी यसमा घरजग्गा रजिस्ट्रेशन शुल्कसमेत गरी कुल आन्तरिक आय २५ करोड १८ लाख ७० हजार रहने अनुमान गरिएको छ ।
नगरपालिकाले नगर पूर्वाधार विकासका लागि २५ करोड २९ लाख ५ हजार रुपैंया विनियोजन प्रस्ताव गरेको छ । उत्पादनशील क्षेत्र अन्तरगत कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा रु ३ करोड, विदेशबाट नेपाल आएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाउन युवा लक्षित स्वरोजगारका लागि २ करोड ८ लाख ६५ हजार, पर्यटन र उद्योग विकासमा ८५ लाख र समग्र आर्थिक विकासमा २ करोड ९३ लाख ६५ हजार विनियोजन प्रस्ताव गरिएको छ ।त्यसैगरी नगर सभामा शिक्षातर्फ २१ करोड ९३ लाख ९२ हजार, स्वास्थ्यतर्फ ५ करोड ११ लाख ८५ हजार, बिपन्न तथा लक्षित समुदाय अन्तरगत २ करोड ८ लाख ६५ हजार, वातावरण सरसफाई र विपद व्यवस्थापनमा १ करोड, शुसासन, सेवा प्रवाह, कार्यालय सञ्चालन र संस्थागत विकासका लागि १७ करोड ५३ लाख ५ हजार र वडास्तरीय कार्यक्रमहरुका लागि ५ करोड विनियोजन प्रस्ताव गरिएको छ । नगर सभामा माडी नगरपालिकाकी उप प्रमुख ताराकाजी महत्तोले प्रस्तावना पेश गर्नु भएको हो ।नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८का लागि ६ बुँदे प्राथमिकताका क्षेत्रहरू चयन गरेको छ ।नगरपालिकाले चयन गरेको प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास; शिक्षा र स्वास्थ्य; वातावरण तथा सरसफाई र बिपद व्यवस्थापन; युवा तथा खेलकुद; संस्थागत विकास तथा शुसासन र उत्पादनशील क्षेत्रहरु अन्तरगत कृषि पशुसेवा, पर्यटन, उद्योग र सहकारी रहेका छन् ।नगरपालिकाको पाँचौ नगरसभामा प्रस्तावित बजेट तथा कार्यक्रम  उपप्रमुुुख महतोले सो प्राथमिकताका क्षेत्रहरु प्रस्ताव गर्नुभएको हो । बजेटले राखेका उद्देश्य एवं प्राथमिकता कार्यान्वयनका लागि संघीय तथा प्रादेशिक सरकारसंग आवश्यक समन्वय र साझेदारी गर्ने नीति लिइएको जनाइएको छ ।